मकवानपुर – मकवानपुरको बकैया गाउँपालिकाले चालु आर्थिक वर्ष २०७८/७९ को हालसम्ममा करीब २७ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको हालसममा चालूु तर्फ ३७ दशमलव ४ र पूँजिगत तर्फ १३ दशमलव ३३ प्रतिशत गरि कुल २७ दशमलव ०५ प्रतिशत वित्तीय प्रगति हासिल गरेको हो ।
गाउँपालिकाका लेखा अधिकृत हरि मिजारका अनुसार चालु आर्थिक वर्षका लागि चालूु तर्फ ४३ करोड ५० लाख ५६ हजार ३ सय र पूँजिगत तर्फ ३२ करोड ७९ लाख ५९ हजार ७ सय रुपैयाँ गरि कुल कुल ७६ करोड ३० लाख १७ हजार बराबरको बजेट पारित गरेको थियो । जसमध्ये हालसम्म चालूु तर्फ १६ करोड २७ लाख ६२ हजार ९१५ अर्थात ३७ दशमलव ४ र पूँजीगत तर्फ ४ करोड ३७ लाख १७ हजार २८ अर्थात १३ दशमलव ३३ प्रतिशत खर्च भएको छ । उहाँका अनुसार गाउँपालिकाले चालु आर्थिक वषृका लागि करीब १२ करोड घाटा बजेट बनाएको छ ।
गाउँपालिकाले चालु आवका लागि कुल ३५४ वटा योजनाहरु छनोट गरेका मध्ये हालसम्म करीब ४० प्रतिशत योजना सम्झौता भएर कार्यान्वयनमा रहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पुडासैनीले बताउनुभयो । उहाँका अनुसार योजना तथा कार्यक्रम सञ्चालनमा कोभिड–१९ संक्रमणको प्रभावका कारण पनि अपेक्षित खर्च हुन नसक्दा वित्तीय प्रगति कम देखिएको हो । गाउँपालिकामा सामाजिक क्षेत्रमा धेरै योजनाहरु रहेको र कोभिडका कारण उक्त कार्यक्रमहरु समुदायमा कार्यान्वयन गर्न समस्या भएकाले प्रगति कम देखिएको उहाँले बताउनुभयो । यस्तै गाउँपालिकाले आन्तरिक आयबाट सञ्चालन गर्ने योजनाहरुमा स्रोतको अभावमा काम गर्न समस्या रहेको समेत पुडासैनीले बतानुभयो । गाउँपालिकाले आन्तकि स्रोत मध्ये महत्वपूर्ण नदिजन्य पदार्थको ठेक्का बन्दोबस्ती गर्न नपाउँदा साथै अन्य आन्तरिक स्रोतमा समेत कमजोर रहेकाे उहाँले बताउनुभयो ।











