मकवानपुर – मकवानपुरमा बिहीबार (आज) थप ७२ जना कोरोनाबाट संक्रमित हुँदा थप २८५ जना संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । कार्यालयले उपलब्ध गराएको तथ्याङक अनुसार पद्धिल्लो २४ घण्टामा जिल्लामा ७२ जना संक्रमित हुँदा २८५ जना संक्रमणमुक्त भएका हुन् ।
कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा ५६ जनाको जनाको पीसीआर विधिबाट परिक्षण गर्दा २७ जनामा र १०५ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा ४५ जनामा गरि ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै यसै अवधिमा संस्थागत आईसोलेसनबाट ७ जना र होमआइसोलेसनबाट २७८ जना गरि २८५ जना संक्रमणमुक्त भएका हुन । योसंगै हालसम्म जिल्लामा कोरोना संक्रमितको संख्या १७ हजार ४३५ र संक्रमणमुक्त हुनेको संख्या १६ हजार २३४ पुगेको छ । जिल्लामा अहिले १ हजार १८२ जना कोरोना संक्रमणका सक्रिय संक्रमित रहेका मध्ये होम आइसोलेसनमा १ हजार १७० जना र संस्थागत आइसोलेसनमा १२ जना उपचाररत रहेको कार्यालयले जनाएको छ ।












