मकवानपुर – मकवानपुरमा आइतबार थप ९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १७० जनाको परिक्षण गर्दा थप ९१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
कार्यालयका अनुसार आइतबार पिसिआर विधिबाट ३८ जनाको परीक्षण गर्दा १२ जनामा र एन्टिजेन विधिबाट १ सय ३२ जनाको परीक्षण गर्दा ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसंगै जिल्लामा सक्रिय संक्रमितको संख्या १५ सय ७१ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा थप २० जना कोरोना संक्रमण मुक्त भएको कार्यालयले जनाएको छ ।











