काठमाडौँ – नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले विभिन्न कारण देखाएर आफूलाई कप्तानबाट हटाउँदा दुःख लागेको बताउनुभएको छ । टियु क्रिकेट मैदान मङ्गलवार सम्चारकर्मीसँग कुरा गर्दै मल्लले विभिन्न आरोपहरू लगाएर हटाउँदा दुःख लागेको उल्लेख गर्नुभयो ।
क्यानले गत महिना ज्ञानेन्द्र मल्ललाई हटाएर सन्दीप लामिछानेलाई कप्तान चयन गरेको थियो । क्यानले कप्तान मल्लसँगै उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई समेत जिम्मेवारीबाट हटाउने निर्णय गरेको थियो । मल्लले आफु सधैँ कप्तान बन्न नआएको तथा सधैँ देशका लागि खेल्ने बताउनुभयो । वर्गीकरणकै कारण क्यान र खेलाडीबिच समस्या उत्पन्न भएको मल्लको भनाइ छ ।