हेटौंडा – बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले निजामती कर्मचारी र जनप्रतिनिधिहरु मिलेर मात्र जनताले अनुभुती गर्नेगरी सेवा मुलक काम गर्न सकिने वताउनु भएको छ । निजामती सेवा दिवर २०७८ का अवसरमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र जिल्ला प्रशासन कार्यालय मकवानपुरको आयोजनामा हेटौंडामा कवितावाचन तथा प्रवचन कार्यक्रमको अवसरमा बोल्दै उहाँले यस्तो वताउनु भएको हो ।

राजनीतिज्ञले कर्मचारीलाई असहयोग गर्यो भनेर दोस लगाउने, कर्मचारीले राजनीतिज्ञलाई दोस लगाउने गरिएकाले अवका दिनहरुमा यस्ता कुरा सच्याउनुपर्ने वताउनुभयो । दुबै पक्ष मिलेर छलफल गरेपछी समस्याको निकास निस्कने वताउँदै उहाँले भन्नुभयो–‘दुबै पक्ष मिलेर छलफल गरौ । एकै स्थानमा बसेर छलफलपछी एकले अर्कालाई दोस थोपर्नुनै पर्दैन ।’ निजामती कर्मचारी स्थायी सरकार रहेको उाँले वताउनुभयो । निजामती कर्मचारीलाई परेका समस्या समाधान गर्नका लागि प्रदेश सरकार तयार रहेको उहाँले वताउनुभयो ।
कार्यक्रममा मुख्यमन्त्री शाक्यले इन्द्रसरोवर स्मारीकाको विमोचन गर्नुभयो । कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका अधिकृत सुनिता कुमारी गजुरेल र उच्च अदालत पाटन हेटौंडा इजलासका अधिकृत राजकुमार लामिछानेले कविता वाचन गर्नु भएको थियो । प्रदेशका प्रमुख सचिब किरणराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश लोकसेवा आयोगका अध्यक्ष शुरेश मान श्रेष्ठ, मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे लगायतकाले मन्तब्य व्यक्त गर्नु भएको थियो । जनपत्रबाट











