जिल्ला समन्वय समिति मकवानपुरले चौथो जिल्ला सभाका अवसरमा विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ । समन्वय समितिले जिल्ला सभाका अवसरमा मकवानपुरको स्थानीय तह मध्येमा उत्कृष्ट काम गर्ने थाहा नगरपालिकालाई सम्मान गरेको हो ।

त्यस्तै मजदुर क्षेत्रमा लामो समय सम्म योगदान पु¥याउनुभएका हेटौंडा–४ का मजदुर नेता पूर्व सांसद ललित बस्नेत, मकवानपुर गढीका तरकारी किसान बद्री तिमल्सिना, हेटौंडाका बाख्रापालक किसान गोविन्द सुवेदी, रात्रीकालिन महिला गस्ति गर्ने हेटौंडा–९ को पुष्पाञ्जली आमा समुहलाई सम्मान गरेको हो । त्यस्तै जिल्ला सभाका अवसरमा जिल्ला समन्वय समितिमा लामो समयदेखि काम गर्नुभएका कर्मचारीहरु रामकृष्ण थापा, बिना थिके, डिल्लीराम रेग्मी र श्याम थापालाई सम्मान गरेको छ ।











