file photo

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले समृद्धिको लक्ष्य पुरा गर्न युवाको समग्र विकास र नेतृत्व आवश्यक रहेको बताउनुभएको छ । अन्तराष्ट्रिय युवा दिवसको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले “युवा” परिवर्तनका संवाहक भएको उल्लेख गर्नुभएको छ । “युवा परिर्वतनका संवाहक हुन्, विकास र सिर्जनाका आधारशिला हुन्, यसर्थ युवाको समग्र विकास र नेतृत्व बिना समृद्धिको लक्ष्य पुरा गर्न सकिदैंन । देश र समाजमा देखापरेका चुनौतीहरुको सामना गर्दै युगलाई नेतृत्व गर्ने साहस युवा मै हुन्छ ।” मुख्यमन्त्री पौडेलद्धारा जारी संदेशमा उल्लेख छ ।

उहाँले विश्वब्यापिरुपमा फैलिएको कोरोना महामारिसंग संघर्षरत रहेको अहिलेको परिस्थितमा महामारि विरुद्धको अभियानमा विजय हासिल गर्न पनि युवाको पहलकदमि अति आवश्यक रहेको उल्लेख गर्नुभएको छ । मुख्यमन्त्री पौडेलले महामारिका कारण हजारौं युवाले रोजगारी गुमाएको तथा धेरै युवाहरु जोखिममा परेको भन्दै गर्दै युवा सशक्तिकरण, सिप तथा उद्यमशिलताको विकास गरी देश निर्माणमा युवा जनशक्तिलाई परिचालन गर्नेतर्फ नै बागमति प्रदेश सरकारका कार्यक्रम लक्षित गरिएको समेत उल्लेख गर्नुभएको छ । उहाँले युवा उद्यमिलाई प्रोत्साहन स्वरुप सहुलियतपुर्ण ऋण प्रदान गर्न प्रदेश सरकारले ३ अर्बको कोष निर्माण गरेको समेत उल्लेख गर्नूभएको छ । बागमती प्रदेश सरकारले अहिलेको अवस्थालाई मध्य नजर गर्दै कृषि, उद्योग, व्यापार व्यवसाय, रोजगारी प्रबर्धन, उत्पादनशील कार्यक्रमको लागि लगानी प्रबर्धन, पर्यटन प्रबर्धनसँग सम्बन्धित उद्योगहरु, शैक्षिक कार्यक्रम, लघु तथा साना उद्योग, वन तथा वातावरणजन्य उद्योग, फोहोरमैला व्यवस्थापन, सामाजिक क्षेत्रसँग सम्बन्धित उद्योग लगायत उत्पादन र रोजगारी सिर्जना हुने कार्यक्रमका लागि सहुलियत पूर्ण व्याजदरमा ऋण उपलब्ध गराउन ३ अर्बको कोषको लागि बजेट व्यवस्था गरेको छ ।
शुभकामना संदेशमा उहाँले भन्नुभएको छ– “नेपाली युवाको बलिदानीको जगमा देश संघिय लोकतान्त्रिक गणतन्त्रको फराकिलो राजमार्गमा छ । विगतमा जस्तो अब कुनै पनि युवाले अधिकारका लागि रगत बगाउनुपर्ने छैन । विकास र समृद्धिका लागि पसिना बगाउनुपर्ने छ । ब्यवस्था बदल्न सफल भएका छौं, अवस्था बदल्न संकल्प गनुपर्नेछ । यस वर्षको अन्तराष्ट्रिय युवा दिवसले आम युवाहरुलाई देश निर्माणका लागि थप उर्जा, आत्मविश्वास र प्रेरणा दिने विश्वास सहित पुनः सम्पुर्ण युवाहरुमा हार्दिक शुभकामना ब्यक्त गर्दछु ।” यस वर्ष “विश्व अभियानका लागि युवा सहभागिताः रोजगारी प्रवद्र्धन र वातावरण संरक्षणमा युवा संलग्नता” भन्ने नाराका साथ अन्तराष्ट्रिय युवा दिवस मनाईदै छ ।

अन्तराष्ट्रिय युवा दिवस, २०२० को अवसरमा देशभित्र र बाहिर रहनुभएका सम्पुर्ण नेपाली युवाहरुमा हार्दिक शुभकामना ब्यक्त…

Gepostet von Dormani Paudel am Dienstag, 11. August 2020