मकवानपुर– मकवानपुरकाे भीमफेदी गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७७/७८ को लागि ५६ करोड ८७ लाखको अनुमानित बजेट सार्वजनिक गरेको छ । बुधबार गाउँपालिका अध्यक्ष हिदम लामाकाे अध्यक्षतामा भएकाे छैठाैं गाउँसभामा उपाध्यक्ष पार्बती रानाले ५६ करोड ८७ लाखको अनुमानित बजेट तथा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएकाे हाे ।

‘महामारीले सबै युवा गाउँघर, बाँझो जमिन बनाऔँ उर्भर’ भन्ने मूल नाराका साथ आगामी आवको लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेकाे छ । गाउँपालिकाले आगामी आवमा रोजगारी सिर्जना, कृषि, पशुपालन, स्वास्थ्य र भौतिक पूर्वाधारलाई विशेष प्राथमिकता दिएको छ ।आगामी बजेटमा पूर्वाधार विकासको लागि १६ करोड, शुशासनतर्फ ६७ करोड, आर्थिक विकासतर्फ ४ करोड ६६ लाख, सामाजिक विकासमा ५ करोड, बन तथा वातावरणमा १ करोड ६४ लाख रुपैँया विनियोजन गरेर छ ।

आगामी आवमा घरघरमा खानेपानी पुर्याइने योजनाका साथ काम अघि सारिएको छ । प्रत्येक किसानलाई युरिया मल निशुल्क वितरण गरिने भएको छ । खरको छानो विस्थापित गर्ने काम सुरु गरिएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षमा चालु आवका कामहरु र थप रचनात्मक कामहरु गर्ने जनाइएकाे छ ।











