मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले साेमबार मकवानपुरकाे पुर्वी क्षेत्रकाे स्थलगत अनुगमन गनुर्भएकाे छ । विशेष गरी उहाँले मकवानपुर र सिन्धुली जोड्ने वागमती खोलामा निर्माणधिन पुललगायत बागमती र बकैया गाउँपालिकाकाे स्थलगत अनुगमन गर्नुभएको हाे ।

प्रदेशका विभिन्न जिल्लालाई राजधानी हेटौंडासंग जोड्न धरान चतरा सडक खण्ड अन्तरगतको वागमती खोलामा निर्माणधिन पुल महत्वपुर्ण भएकाले मुख्यमन्त्री पौडेलले पुल निर्माणमा बिशेष चासो र चिन्ता लिनुभएको छ । पुल निर्माणले राजधानी हेटौंडासंग सिन्धुली, रामेछाप, काभ्रे, सिन्धुपाल्चोक, रसुवालगायतका जिल्लालाई सडक संजालसंग सहज रुपमा जोड्न सकिन्छ ।

यसका साथै पूर्वपश्चिम राजमार्गमा सवारी चापलाई घटाउने र तराई क्षेत्रमा बिभिन्न बहानामा हुने अवरोधलाई हटाउन समेत हेटौंडा–धरान सडक महत्वपूर्ण मानिएको छ । ३१८ किलोमिटर लामो यो सडकले धरानलाई चतरा, गाईघाट, सिन्धुली हुँदै मकवानपुरको हेटौंडासँग जोड्छ । हाल हेटौंडा–सिन्धुली र सिन्धुली–उदयपुर गरी दुई खण्डमा सडक निर्माणको काम दु्रतगतीमा चलिरहेको छ । सडक हेटौंडाको बुद्धचोकवाट सुरु भई भित्री मधेस, चुरेभावर, शिवालिक तथा दुनरउपत्यकालाई यातायात सञ्जालमा जोड्दै धरान पुगेर टुंगिन्छ । अवलोकनका क्रममा मुख्यमन्त्री पौडेलले पुल निर्माणको काम संतोषजनक नै भएको बताउनुभयो । तर अझै पनि भने अनुसारको काम हुन नसकेको उहाँको भनाई थियो ।

सो क्रममा मुख्यमन्त्री पौडेलले वागमती खोलाको नदि उकास क्षेत्रको सयौं बिगाहा जमिनको संरक्षण र उपभोगका लागि वागमती गाउँपालिकालाई ठाेस याेजना बनाउन निर्देशन समेत दिनुभयो । नदि उकासको उक्त जमिनलाई उपयोगमा ल्याएर आर्थिक उपार्जन र रोजगारी सृजना गर्न सकिने उहाँले बताउनुभयो । उहाँले जमिनको उपयोगिताका लागि कार्यविधि बनाए कार्यान्वय गर्न र संरक्षणमा लाग्न निर्देशन दिनभयो । सो क्रममा मुख्यमन्त्री पौडेलले पुर्वी मकवानपुरको वागमती र बकैया गाउँपालिकाको समग्र विका निर्माणलगायतका बारेमा समेत जानकारी लिनुभएको थियो । उहाँले विभिन्न आयोजनाहरुको समेत अवलोकन गर्नुभयो ।

अनुगमनमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनी, सदस्य देवराज रिमाल, बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, उपाध्यक्ष धनमाया स्याङतान, बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाल, उपाध्यक्ष सरला बोलखे, समन्वय अधिकारी आनन्दराज पोखरेल, जिससका कर्मचारीहरु, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतहरु, कर्मचारीहरुलगायतको सहभागिता थियो ।















