हेटौंडा १ चौकिटोल निवासि २५ बर्षीय कोरोना पोजेटिभ महिलालाई अस्थाइ कोरोना अस्पताल भरतपुर पठाइएको छ । कोरोना संक्रमण पुष्टि भए पछि उनलाई थप उपचारका लागि भरतपुर स्थित कोेरोना बिशेष अस्पताल पठाईएको हो ।
गत जेठ ९ गते चितवनबाट हेटौंडा आएकि उनमा किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा गरिएको स्वाब परिक्षणमा कोरोना पुष्टि भएको थियो । उनको कन्ट्याक्ट ट्रेसिङ् सुरु गरिएको र महिला बस्ने घरलाइ सिल गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले बताउनुभयो ।