मकवानपुर– कोरोना भाइरस (कोभिड(१९)को बढ्दो प्रकोपलाई मध्यनजर गर्दै मकवानपुरको एक नीजि विद्यालयले आफ्ना सबै शिक्षक÷कर्मचारीको बीमा गरेको छ । कोरोना भाइरसको प्रभाव बढ्दै गएको अवस्थालाई मध्ये नजर गर्दै हेटाडा–९ स्थित श्रीकृष्ण आवाशिय विद्यालयले आफ्ना ३९ जना शिक्षक÷कर्मचारीको कोभिड–१९ बीमा गराएको हो ।
बिद्यालयले ३९ जना शिक्षक÷कर्मचारी प्रत्येकलाई ५० हजार बराबरको स्वास्थ्य बीमा सुविधा प्रदान गरेको विद्यालयका सञ्चालक नबिन केशीले जानकारी दिनुभयो । विद्यालयका कुनै शिक्षक वा कर्मचारीलाई कोरोना भाइरसको संक्रमण देखिए बीमाबापत पाउने रकमबाट आर्थिक सहयोग पुग्ने उदेश्यले शिक्षक कर्मचारीहरुको हीतका लागि कोभिड–१९ बिमा गराईएको केशीले बताउनुभयो ।
’हामी विद्यालयका प्रत्येक शिक्षक÷कर्मचारीलाई परिवारको सदस्यका रूपमा लिन्छौँ र यो कठिन समयमा हाम्रा सबै कर्मचारीको हेरचाह गर्नु हाम्रो उत्तरदायित्व हो । त्यस कारण हामीले उनीहरूको आर्थिक भार घटाउन र उचित उपचारका लागि सहयोग र्पुयाउन स्वास्थ्य बीमाको सुविधा उपलब्ध गराउने निर्णय गरेका हौँ’, विद्यालयका सञ्चालक केशीले भन्नुभयो ।
कोभिड–१९ का कारण शिक्षा क्षेत्र र निजी विद्यालयहरु समेत प्रभावित भइरहेको बेला विद्यालयले आफ्ना शिक्षक÷ कर्माचरीको प्रुडेन्सियल ईन्स्योरेन्स कम्पनीको हेटौँडा शाखामार्फत बिमा सुरक्षण लिइएको के.शी.ले बताउनुभयो । मकवानपुरमा नीजि विद्यालय तर्फ आफ्ना शिक्षक÷कर्मचारीको बीमा गराउने श्रीकृष्ण आदर्श पहिलो विद्यालय भएको बीमा कम्पनीले जनाएको छ ।