भक्तपुरमा बिहीबार बिहान परकम्प गएको छ । बिहीबार बिहान सवा ८ बजे भक्तपुरको अनन्तलिंगेश्वर केन्द्रविन्दु भएर ३ दशमलव ४ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो २०७२ सालमा गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पकै परकम्प भएको केन्द्रले जनाएको छ ।
यसअघी दार्चुला केन्द्रविन्दु भएर बिहीबार भूकम्प गएको थियाे । बिहीबार बिहान २ बजेर ४१ मिनेट जाँदा ३ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार दार्चुलाको उकु आसपास भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन केन्द्रले चार रेक्टरभन्दा साना भूकम्पलाई रेकर्डमा राख्ने गरेको छैन ।