मकवानपुर– मकवानपुरको मनहरी गाउँपालिकालागि सीटीजन बैंकको मनहरी शाखाले सहयोग गरेको छ । बैंकले राहत वितरणका लागि गाउँपालिकाको विपद व्यवस्थापन कोषमा २५ हजार रुपैया सहयोग गरेको छ ।
मनहरी गाउँपालिका–७ मनहरी बजार स्थित सीटीजन बैंककाका क्यानेजर लगायतले आज गाउँपालिका अध्यक्ष एकराज उप्रेतीलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन । बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत मानबिय कार्यमा सधाउ पुर्याउने उदेश्यका साथ एकद्धारा प्रणलीबाट राहत वितरण होस भनेर स्थानीय सरकारलाई सहयोग उपलब्ध गराएको जनाएको छ । साे अवसरमा अध्यक्ष उप्रेतीले कोरोना भाईरसका कारण उत्पन्न समस्या समाधानका लागि बिपद ब्यबस्थापन कोषमा सहयोग उपलब्ध गराएकोमा बैंकलाई धन्यवाद दिनुभयो ।