फाेटाे–गुगल

हेटौंडा– बारामा प्रस्तावित दोस्रो निजगढ विमानस्थलको निर्माण कार्य आगामी आर्थिक वर्ष देखि शुरु गरिने भएको छ । कोभिड–१९ पछिको पर्यटन र आगामी आर्थिक वर्ष २०७७÷०७८ को नीति कार्यक्रममा समेटिने पर्यटन विकासका योजना कार्यक्रमबारे सिंहदरबारमा आज आयोजित सञ्चारकर्मीसँगको अन्तक्र्रियामा यस्तो जानकारी दिईएको हो ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले निजगढ अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य आगामी आवबाट शुरु गरिने बताउनुभयो । उहाँले निजगढ विमानस्थल चालू आवमै निर्माण शुरु गर्ने लक्ष्य रहे पनि विभिन्न परिस्थितिले असम्भव रहेको बताउनुभयो । अहिले विमानस्थल निर्माणका लागि पूर्वाधार तयारीस्वरुप रुख कटानको प्रक्रिया शुरु हुने क्रममा रहेको तथा मुआब्जा वितरणको काम भइरहेको बताउनुभयो । मन्त्री भट्टराईले विदेशी लगानी नजुटे पनि सरकार आफँैले उपयुक्त ढाँचामा निजगढ विमानस्थल निर्माण गर्ने सोच बनाएको बताउनुभयो ।

उहाँले सरकारले कोभिड–१९ बाट प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्रको पुनःस्थापनाका लागि आगामी आर्थिक वर्षमा पर्यटन दशकसम्बन्धी विशेष कार्यक्रम ल्याउने जानकारी दिनुभयाे । कोभिड–१९ बाट थलिएको पर्यटन क्षेत्रलाई पुर्नजीवित गर्न १० वर्षे रणनीतिक अवधारणा ल्याइने बताउनुभयो । उहाँले आगामी वर्षमा २०७७÷०७८ को बजेट तथा नीति कार्यक्रममा समेटिनुपर्ने पर्यटन क्षेत्रको विषयबारे सरोकारवाला निकाय, सांसदसँग चरणबद्ध छलफल गरिसकिएको जानकारी दिनुभयाे । मन्त्री भट्टराईले पर्यटन विकासका लागि विभिन्न सञ्चारमाध्यमका पर्यटन विषयमा लेख्ने सञ्चारकर्मीसँग अन्तक्र्रिया गरी राय सुझाव लिनुभएको हो ।