फाइल तस्विर

हेटाैंडा– सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म थप्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ ५  गतेसम्म थप्ने निर्णय गरेको हो  ।

कोरोना भाइरसको संक्रमण रोकथामको लागि लकडाउन नै उपयुक्त विधि भएको निष्कर्ष निकाल्दै बैठकले लकडाउनको अवधि थप्ने निर्णय गरेको हो । यसअघि थपिएको लकडाउनको अवधि बिहीबार सकिंदै थियो ।मंगलबार बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकमा कोरोनाको जोखिमका आधारमा सबै जिल्लालाई रातो, तीन क्षेत्रमा विभाजन गर्ने र त्यसअनुसार लकडाउनको स्वरुप परिवर्तन गर्ने प्रस्ताव पेश भएको थियो । तर प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमा संक्रमणको अवस्था जोखिमपूर्ण देखिएको र त्यसको असर नेपालमा पनि पर्ने भएकाले स्वरुप परिवर्तन नगरी लकडाउन लम्बाउनुपर्नेमा जोड दिनुभएको थियो । प्रधानमन्त्रीकै जोडमा लकडाउनको अवधि थपिएको हो । मन्त्रिपरिषद्को बैठकले अन्तराष्ट्रिय हवाई उडान र सीमा नाकामा आवागमनमा लगाएको रोकलाई मे ३१ अर्थात जेठ १८ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । साथै भोलि २५ गते बुद्धजयन्तीको अवसरमा साँझ ७ बजे दीप प्रज्ज्वलन गर्ने निर्णय समेत गरेको छ ।