हेटाैंडा– प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठक सम्पन्न भएकाे छ । बैठकले पार्टीको स्थायी कमिटी बैठक बैशाख २५ गते बोलाउने निर्णय गरेको छ । त्यसको तयारीका लागि २४ गते सचिवालय बैठक बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयाे ।
त्यस्तै बैठकले उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभाको उमेद्वार बनाउन पहल गर्ने निर्णय गरेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सञ्चालनमा भएका कमीकमजोरीलाई लिएर आत्मालोचना गर्नुभएकाे पनि प्रवक्ता श्रेष्ठले जानकारी दिनुभएकाे छ ।