फाइल फाेटाे

हेटाैंडा– सरकारले निजी प्रयोगशालालाई पनि कोरोना भाइरस (काेभिड १९) परीक्षण गर्न दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रयोगशाला सञ्चालनसम्बन्धी अन्तरिम निर्देशिका जारी गर्दै मापदण्ड पूरा गर्ने गर्ने निजी प्रयोगशालालाई परीक्षण गर्न दिने जनाएको हो ।

यसका लागि निजी प्रयोगशालाले स्वास्थ्य मन्त्रालयसँग छुट्टै अनुमति लिन पर्ने मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बताउनुभयो । साेमबारदेखि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि पीसीआर प्रविधिबाट कोरोनाको परीक्षण सुरु भएकाे प्रवक्ता देवकाेटाले जानकारी दिनुभयो । यसैगरी प्रदेश नम्बर १ ले कोरोना परीक्षणका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक सय बेडको अस्पताल सञ्चालनमा ल्याएको छ ।नेपालमा अहिलेसम्म ५२ जनालाई कोरोनाको सङ्क्रमण देखिएको छ भने १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । यस्तै १० हजार चार सय ७१ जनाको पीसीआर विधिबाट स्वास्थ्य परीक्षण भएको छ ।