फाइल फाेटाे

मकवानपुर– हेटौंडा उपमहानगरपालिका–१० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा सञ्चालित ल्यावमा हाल सम्म ११३ जनाको स्वाब परिक्षण सम्पन्न भएको छ । चैत्र २० गतेबाट संचालनमा आएको ल्यावमा हालसम्म ११३ को परिक्षण सम्पन्न भएको हो ।
कोरोना भाइरस (कोभिड १९) को ल्यावमा हालसम्म परिक्षण भएका सबैको रिपोर्ट समेत प्राप्त भएको छ । प्राप्त रिपोर्ट अनुसार परिक्षण गरिएका मध्यमा ३ जनाको कोरोना रिपोर्ट पोजेटिभ र अन्य एक सय १० जनाको रिपोर्ट नेगेटिभ आएको छ । विरगन्जमा वस्दै आएका भारतिय नागरिक ३ जनाको मात्र रिपोर्ट गत सुक्रबाट पोजेटिभ आएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अस्पताल विकास तथा चिकीत्सा सेवा महासाखाका प्रमुख डाक्टर पुरुषोत्तम सेडाईले जानकारी दिनुभएको छ ।
हेटौंडाको ल्यावमा अधिकाशं प्रदेश नम्बर २ बाट परिक्षणका लागि स्वाब ल्याउने गरिएको छ । ल्यावमा सोमबार मात्रै ४८ जनाको स्वाब परिक्षणका लागि ल्याईएको छ । रौतहटबाट स्वाब परिक्षणका लागि ल्याइएका ४८ जनाको आज परिक्षण चरिहेको उहाँले वताउनुभयो । कोरोना भाइरसको शंका लाग्ने वित्तिकै अहिले परिक्षणका लागि चितवन, मकवानपुर र आसपासका तराईका जिल्लाबाट हेटौंडामा ल्याउने गरिएको छ । हेटौंडामा ल्याब संचालनमा आएपछि चितवन, मकवानपुरसहित तराईका जिल्लाहरुलाई स्वाब परिक्षणमा निकै सहज भएको उहाँले बताउनुभयो । अहिले सम्म हेटौंडाको कोरोना ल्यावमा परिक्षण गरिएका धेरैजसो तराइका बारा, पर्सा, रौतहटलगयत जिल्लाकै रहेको समेत उहाँले बताउनुभयो ।