हेटाैंडा– प्रधानमन्त्री केपी शर्मा ओली र सातै प्रदेशका मुख्यमन्त्रीबीच भिडियो कन्फ्रेन्स गर्दै हुनुहुन्छ । कोरोना भाइरस रोकथाम तथा न्यूनीकरणको विषयलाई लिएर प्रधानमन्त्री ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्न लानुभएकाे हाे ।
कोरोना रोकथामका लागि सरकार र प्रदेश सरकारको समस्या र अवस्थाबारे जानकारी लिन भिडियोमार्फतबाट कुराकानी गर्न लाग्नुभएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएकाे छ । उहाँका अनुसार ‘कोरोना रोकथाम र न्यूनीकरणको विषयलाई लिएर अहिले प्रधानमन्त्री भडियोमार्फत छलफल भइरहेकाे तथा भिडियाे कन्फ्रेस मार्फत सरकारी तयारी र प्रदेशभित्रको अवस्थाबारे जानकारी लिनुहुने उहाँले जानकारी दिनुभयाेे । अहिले सातै प्रदेशका मुख्यमन्त्री संगकाे भिडियाे कन्फ्रेस जारी छ ।