मकवानपुर– जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले कोरोना भाईरस (कोभिड–१९) को महामारीका बेला संयमता अपनाउन सबैमा आव्हान गर्नुभएको छ । आईतबार सार्वजनीक अपिल जारी गर्दै प्रमुख खुलालले कोभिड–१९, कोरोना भाईरसको महामारीले विश्व नै आक्रान्त भएको अहिलेको परिस्थितीमा नेपालले पनि कोरोना महामारीको कारण अकल्पनीय परिस्थितिको सामना गरिरहेको भन्दै यस्तो अवस्थामा आफ्नो मात्र होइन, आफ्नो परिवार, छरछिमेक र समग्र समुदायको स्वास्थ्य र अमूल्य जीवन जोगाउन लकडाउनका बेलामा संयमित भएर घर बाहिर ननिस्कन आव्हान गर्नुभएको हाे ।
नेपाल अहिले कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेकाले सरकारले एक स्थानीय तह बाट अर्को स्थानीय तहमा समेत आवतजावतमा प्रतिवन्ध लगाएको भन्दै दैनिक जीवनमा केही अप्ठ्याराहरू सिर्जना भएको बताउनुभयो । तर,आ–आफ्नो घरमा बसेर सामाजिक दूरी कायम गरेमा मात्र यो रोगको रोकथाम गर्न सहज हुने हुनाले संयमता अपनाएर सिङ्गो समाज र राष्ट्रलाई कोरोना भाइरसबाट जोगाउन आव्हान गर्नुभएको छ । सतर्कता अपनाइएन भने संक्रमण फैलन सक्ने भएकाले सबैले यस विषयमा गम्भीर ध्यान दिन जरुरी रहेको बताउँदै उहाँले यस रोगको गम्भीरतालाई मनन गर्दै रोगको रोकथाम, नियन्त्रण र उपचारमा सरकारले चालेका कदमलाई साथ दिन सम्पूर्णमा आग्रह आव्हान गर्नुभएको छ ।
त्यस्तै प्रमुख खुलालले यस्तोमा परिस्थितीमा स्थानीय तहको भुमिका अझै बढेको भन्दै दैनिक ज्यालादारीबाट आफ्नो जीवनयापन गर्ने श्रमजीवीहरू सबैभन्दा बढी प्रभावित हुने अवस्था उत्पन्न भएकाले स्थानीय तहहरुलाई आआफ्नो तहमा प्रभावकारी रुपमा लाग्न तथा समयमै सचेतता अपनाउन आग्रह गर्नुभउको छ । प्रमुख खुलालले भारत तथा तेस्रो मुलुकबाट आएकाहरुलाई क्वारेन्टाईनमा राख्न र कडाई गर्न जरुरी देखिएकाले सम्पुर्ण मकवानपुरबासीलाई घरभित्रै बस्न तथा बिशेष गरि बाहिरबाट आउनुभएकाहरुलाई क्वारेन्टाईनमा बसेर सहयोग गर्न तथा अहिले विभिन्न गतल अफवाह फैलाउने तत्व सकिृय भएर लागेको हुनाले गतल तथा भ्रामक कुराहरु कहि कतै संप्रेशण नगर्न एवम् यस्ता हललाको पछाडी नलाग्न समेत आव्हान गर्नुभएको छ ।
त्यस्तै प्रमुख खुलालले महामारिको यस्तो बेलामा सबैभन्दा जोखिमयुक्त अग्रमोर्चामा रहेर काम गर्ने डाक्टर, नर्स, समग्र स्वास्थ्यकर्मीलगायत सम्पूर्ण सुरक्षाकर्मी एवम् राष्ट्रसेवकहरुमा धन्यवाद व्यक्त गर्दै उहाँहरूलाइ सहयोग गरेर हौसला प्रदान गरिदिनुहुन समेत सम्पुर्णमा आव्हान गर्नुभएको छ । कोरोना भाईरसको जोखिमबाट बच्ने एउटै उपाए सामाजिक दुरी भएकाले नेपाल सरकारले जारी गरेको लकडाउनको परिपालना गर्दै अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन प्रमुख खुलालले आग्रह गर्नुभएको छ ।
