मकवानपुर– कोभिड–१९ को सम्भावित सङ्क्रमणबाट जोगिन बागमती प्रदेशको राजधानी हेटौंडामा आज देखि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज एक सूचना जारी गर्दै आगामी चैत्र २१ गते सम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।
सार्वजनिक सेवा बन्द भए पनि कार्यालय भने खुल्ला रहेने प्रजिअ दिपकराज नेपालले जानकारी दिनुभयो । शान्ति सुरक्षा र विपद् व्यवस्था लगायतका अत्यावश्यक सेवा बाहेकका अन्य सेवा चैत २१ गतेसम्म बन्द हुने प्रजिअ नेपालद्धारा जारी सूचनामा उल्लेख गरिएको छ । जिल्लामा अनुगमनको पाटोलाई प्रभावकारी बनाइने बताउँदै उहाँले कार्ययोजनाका साथ बजार एवं सार्वजनिक सरोकारका क्षेत्रमा अनुगमन गरिने समेत जानकारी दिनुभएको छ ।
जिल्ला प्रशासन कार्यालयद्वारा जारी सुचना