हेटाैंडा– मकवानपुरकाे इन्द्रसरोवर गाउँपालिकामा भिरबाट खसेर एकजनाको मृत्यु भएको छ । इन्द्रसरोवर गाउँपालिका–२ कुलेखानी लिपानीका ३६ वर्षिय किताब सिं घिसिङको भीरबाट लडेर मृत्यु भएको हो ।
बुधबार कुलेखानीबाट घरतर्फ जानेक्रममा भिरको गोरेटोबाट खसेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक इन्द्र बहादुर राणा मगरले जानकारी दिनुभयो । भिरको गोरेटोबाट अन्दाजी १० मिटर तल उनको शव फेला परेको प्रहरीले जनाएकाे छ । घिसिङको शव पोष्टमार्टमका लागि हेटौडा अस्पताल ल्याउनुका साथै घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरिक्षक रानाले जानकारी दिनुभयो ।