हेटाैंडा–मकवानपुर बहुमुखि क्याम्पसमा बिहीबार रक्तदान कार्यक्रम आयोजना गरिएको छ । नेपाल रेडक्रस सोसाइटी अन्तरगत युवा रेडक्रस सर्कल मकवानपुर बहुमुखी क्यामपसको आयोजनामा भएको रक्तदान कार्यक्रममा २२ जनाले रक्तदान गरेका छन् ।
युवा रेडक्रस सर्कल मकवानपुर बहुमुखी क्यामपसकी अध्यक्ष सन्तोषी पुडाशैनीको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी मकवानपुर शाखाका सभापती सुर्यचन्द्र न्यौपाने, रक्तसञ्चार केन्द्र हेटौंडाका प्रमुख टंक दाहाल, नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपमहानगरपालिकाका प्रमुख सिवहरी दाहाल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा मकवानपुर बहुमुखी क्याम्पस लगायतका हेटौंडाका अन्य क्याम्पसका प्राध्यापक र विद्यार्थीहरुले समेत रक्तदान गर्नुभएको थियो । रक्तसञ्चार केन्द्र हेटौंडाका प्रमुख टंक दाहालले रक्तदान गर्न मन हुनेहरुले रक्तसञ्चार केन्द्र हेटौंडामा नै आएर रक्तदान गर्न आग्रह गर्नुभयो ।