मकवानपुर, साउन १२ । मदन भण्डारी फाउन्डेसन मकवानपुरले जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्ती (हीरक जयन्ती) अन्तर्गत साउन महिनामा विचार गोष्ठी आयोजना गर्ने भएको छ । फाउन्डेसनका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा मंगलबार बसेको बैठकले हीरक जयन्तीलाई जोड्दै आफ्नो स्वीकृत एकवर्षे कार्यतालिका अनुसार साउन महिनामा बिचार गोष्ठी आयोजना गर्ने निर्णय गरेको हो ।
मदन भण्डारी हीरक जन्मजयन्तीलाई २०८२, २०८३ सालभरि मनाइने र २०८४ सालमा समापन वर्षको रूपमा मनाईदैछ । जस अन्तरगत फाउन्डेसन मकवानपुरले यसअघि नै एक वर्षे कार्ययोजना स्वीकृत गरेको थियो । सोहि कार्ययोजना अनुसार साउन १७ गते बिहान ११ बजे मकवानपुर बहुमुखि क्याम्पसको सभाहलमा ‘जबजमा अन्तरनिहित गतिशीलता’ विषयक विचार गोष्ठी आयोजना गर्न लागेको उहाँले बताउनुभयो । उक्त गोष्ठीमा बौद्धिक व्यक्तित्वहरू, प्राध्यापक, शिक्षक, विद्यार्थी र मदन भण्डारीका सिद्धान्तप्रति इच्छुक जनसमुदायको सहभागिता रहने उहाँले बताउनुभयो ।
यस्तै बैठकले यसअघि गत असार १२, १३ र १४ गते आयोजित पत्रकार सम्मेलन, रक्तदान, श्रद्धाञ्जलीशभा र वृक्षारोपणलगायतका कार्यक्रमका बिषयमा समिक्षा गर्नुका साथै आगामी गतिविधि र संस्थागत सुदृढीकरणका विषयमा छलफल गर्दै विभिन्न निर्णयहरू गरेको उहाँले बताउनुभयो ।
यस्तै बैठकले फाउन्डेसनमा साधारण सदस्यता भइसकेका व्यक्तिहरूलाई नवीकरणको निमित्त सूचना पु¥याउने तथा आजीवन सदस्य बनाउनको लागि विशेष पहल गर्ने निर्णय गरेको छ । भने, सवारी दुर्घटनामा परि घाइते हुनु भएका फाउन्डेसनका उपाध्यक्ष बोलबहादुर कार्कीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । भने, बैठकले फाउन्डेसनका सदस्य विश्वराज राई नारायणी यातायात ब्यावसाय संघको सदस्य र बंशगोपाल बहुमुखी क्याम्पस हेटौँडा–६ को अध्यक्षमा सर्वसम्मत चयन हुनु भएकोमा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै बधाई ज्ञापन गरेको उहाँले बताउनुभयो ।











