हेटौँडा, फागुन २४ । मकवानपुर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रशान्त उप्रेती विजयी हुनुभएकाे छ । संसदमा प्रवेश गर्ने सबैभन्दा कान्छो (२५ वर्षीय) सांसद उप्रेतीले नेकपा एमालेका उम्मेदवार तथा निवर्तमान सांसद महेशकुमार बर्तौलालाई १२ हजार १०१ मतान्तरले पराजित गर्दै विजयी हुनुभएकाे हाे ।
निर्वाचन अधिकृत देवेन्द्रराज आचार्यका अनुसार उप्रेतीले ३१ हजार ७२५ मत प्राप्त गरे भने बर्तौलाले १९ हजार ६२४ मत प्राप्त गर्नुभयाे । यस्तै नेपाली कांग्रेसका बुद्ध लामा १५ हजार ४३६ मतसहित तेस्रो हुनुभएकाे छ । यस क्षेत्रमा कुल ९१ हजार २४१ मत खसेको थियो ।