हेटाैंडा, माघ ९ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा क्षेत्र नं. १ उम्मेद्वार रामेश्वर रानाले पार्टी कार्यकर्ताहरू उत्साहपूर्वक निर्वाचनमा जुटेकाे बताउनुभयाे । नेकपा एमाले हेटाैँडा ४ नं. वडाकाे कार्यकर्ता भेलालाई सम्बाेधन गर्दै आजै हेटाैडा ४, ६ ७ र १४ नं. काे अगुवा कार्यकर्ता भेलाबाट आफू निकै उत्साहित भएकाे र एमालेकाे जीत सुनिश्चित रहेकाे बताउनुभयाे ।

उहाँले राष्ट्रियता, लाेकतन्त्र र संविधानकाे रक्षा र विकास र समृद्विकाे नेतृत्व नेकपा एमालेले गरेकाे र अबका दिनमा पनि गरिरहन नेकपा एमालेले बहुमत ल्याउन मुलुककाे आवश्यकता रहेकाे दावि गर्नुभयाे । उहाँले हामी सबै प्रतिस्पर्धीसंग स्वस्थ प्रतिस्पर्धा गर्छाै, निष्पक्ष जीत निकाल्छाै रानाकाे भनाई थियाे । पार्टीका केन्द्रीले लेखा आयाेगका सदस्य नवीन सिग्देलले विकास र समृद्विकाे लागि निर्वाह गरेकाे भूमिकाकाे कारण नेकपा एमाले मकवानपुरमा नेकपा एमालेले दुवै सिट जित्ने निश्चित रहेकाे कताउनु भयाे ।
उहाँले सबै पार्टीपङ्ति एकजुट भएर लाग्ने, बलियाे संगठनकाे बल र कार्यकर्ता परिचालनद्वारा पार्टीमाथी देखिएकाे चाैतर्फी आग्रमणकाे प्रतिराेध गर्ने बताउनुभयाे । कार्यक्रममा जिल्ला सदस्य तथा ४ नं. वडा ईञ्चार्ज शिवहरी दाहालले निर्वाचनकाे तयारीबारे जानकारी गराउनुभयाे । भेलामा पार्टी वडा अध्यक्ष नानिराम अर्यालकाे अध्यक्षतामा भएकाे भेलामा नेता तथा कार्यकर्ताकाे उल्लेखीय उपस्थिति रहेकाे वडा सचिव गीता त्रिपाठीले जानकारी दिनुभयाे ।











