गृह मन्त्रालयले सभा, सम्मेलन, बैठक एवम् विरोधका कार्यक्रम हिंसा नहुने गरी शान्तिपूर्ण ढङ्गले गर्न अनुरोध गरेको छ । मन्त्रालयले आज सार्वजनिक सूचना निकालेर चुनावको प्रारम्भिक कार्य शुरु भइसकेको अवस्थामा अर्को पक्षलाई असर नपर्ने खालका कार्यक्रम गर्न आग्रह गरेको हो ।
गएको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिएपछि भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । अन्तरिम सरकारले प्रतिनिधि सभा भङ्ग गरेर फागुसन २१ गतेका लागि चुनाव तोकेको छ । चुनावको तयारी स्वरुप निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन कार्य शुरु गरिसकेको छ ।
