टी–२० एशिया कपमा अफगानिस्तानले विजयी शुरुआत गरेको छ । हिजो भएको उद्घाटन खेलमा अफगानिस्तानले हङकङलाई ९४ रनले हराएको हो । टी–२० एशिया कपमा आज भारत र युएई खेल्दैछन् । समूह ‘ए’ अन्तर्गतको यो खेल राति सवा ८ बजे दुबईमा शुरु हुनेछ । आठ वटा टोली सहभागी प्रतियोगिता आउँदो असोज १२ गतेसम्म चल्नेछ ।