प्रधान सेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्दैछन् । साँझ ७ बजे उनले सम्बोधन गर्दै तयारी छ । सेनाले यसअघि सार्वजनिक अपिलमार्फत विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन नेपाली सेना सम्पूर्ण युवा जनशक्ति र देशवासीमा अनुरोध गरेको थियो । नेपाली सेना स्रोतका अनुसार, पछिल्लो परिस्थितिको बारेमा सिग्देलले जानकारी गराउन लागेका हुन् ।











