गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिनु भएकाे छ । सोमबार साँझ मन्त्रिपरिषद् बैठकमै उहाँले आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाउनुभएकाे हाे ।
सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेपछि लेखक राजीनामा दिन बाध्य हुनु भएकाे हाे । सो प्रदर्शनका क्रममा अहिलेसम्म १९ जनाले ज्यान गुमाइसकेका छन् । उक्त घटनाको जिम्मेवारी लिँदै मन्त्री लेखकले आफू पदमा बसिरहनु उचित नहुने बताउनु भएकाे छ । यसअघि आजै बसेको कांग्रेस पदाधिकारी बैठकमा लेखकले उक्त घटनाको आफूले नैतिक जिम्मेवारी लिनुपर्ने बताउँदै राजीनामा दिने बताउनु भएकाे थियाे ।









