सर्वोच्च अदालतले जनता समाजवादी नेपालका अध्यक्ष उपेन्द्र यादवसहित गौर हत्याकाण्डमा जाहेरी दर्ता भएका व्यक्तिहरूमाथि छानबिन अघि बढाउन परमादेश जारी गरेको छ । आज न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले हत्याकाण्डमा छानबिनको काम अघि बढाउन आदेश दिएको हो ।
त्रिभुवन साहले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वाेच्चले सरकारी वकिलको कार्यालय रौतहट र जिल्ला प्रहरी कार्यालय रौतहटका नाममा आदेश दिएको हो । २०६३ साल चैत ७ गते गौरमा रहेको राइसमिल चौरमा फोरम र माओवादीबीच झडप हुँदा २७ जनाको ज्यान गएको थियो । ज्यान गुमाउने सबै माओवादीका कार्यकर्ता थिए ।









