हेटाैँडा, १९ जेठ । हेटौंडा-४, स्थित जिल्लाकै अग्रिणी भुटनदेवी मावि (प्राविधिक शिक्षालय)ले सञ्चालन गरेकाे उद्यमशिलता तालिम सम्पन्न भएको छ । प्राविधिक शिक्षालाई प्राथमिकता दिँदै अगाडी बढेको विद्यालयले सन्चालन गरेको एक महिने उद्यमशिलता तालिम आज सम्पन्न भएको हो ।

विध्यार्थीलाई अध्ययनसंगै सीप सिकाउने उद्देश्यका साथ विद्यालयले सीपमूलक तालिम सञ्चालन गरेको हो । विध्यालयकाे आन्तरिक श्राेतबाट बजेट व्यवस्थापन गरेर संचालित सीपमूलक तालिममा इलेक्ट्रोनिक २० जना, व्यूटी पार्लर २० जना र कपाल काट्ने २० जना गरि ६० जनालाई १ महिने तालिम  प्रदान गरिएकाे  बिधालयका प्रधानाध्यापक माधवप्रसाद दाहालले जानकारी दिनुभयो ।
कार्यक्रममा विध्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहनु भएका हेटौंडा-४, का वडा अध्यक्ष नवीन सिग्देलले भुटनदेवी मावि आफैमा प्राविधिक शिक्षालय भएकाेले औपचारिक शिक्षाका साथै विध्यार्थीकाे शारिरीक र मानसिक चाैतर्फी विकासमा विध्यालयले विभिन्न सीपमूलक र अतिरिक्त क्रियाकलापलाई पनि प्राथमिकता दिएकाे बताउनुभयाे । उहाँले शिक्षामा सुधार गर्ने हाे भने प्राविधिक र सीपमूलक शिक्षामा सबै तहकाे सरकार र विध्यालयले लगानी गर्नुपर्ने बताउँदै यस्ताे कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो । विध्यालय व्यवस्थापन समितिका सदस्य नारायण तिमल्सिनाकाे अध्यक्षता एवं हेटौंडा उपमहानगरपालिकाकि मेयर मिनाकुमारी लामाको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम भएको हो ।
कार्यक्रममा वडा सदस्य गीता त्रिपाठी, विध्यालय व्यवस्थापन समिति सदस्य राजेन्द्रकुमार बस्ताकाेटी, सहप्रधानाध्यापक भरत पाेखरेल, शिक्षक प्रतिनिधि सूर्यप्रसाद घिमिरे, मावि संयाेजक संगीता उप्रेती, प्रावि संयाेजक मुकुन्द न्याैपाने, प्रशिक्षकहरू ज्ञानेन्द्र देवकाेटा( ईलेक्टिक), किरण अधिकारी (हेयर कटिङ्ग) र सकुन्तला बानियाँ (व्यूटिपार्लर) लगायतकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रममा प्रशिक्षार्थी र प्रशिक्षकलाई प्रमाणपत्रसमेत वितरण गरिएकाे थियाे ।