मकवानपुर । मदन भण्डारी फाउन्डेसन मकवानपुरले ३३औं मदन–आश्रित स्मृति दिवसको अवसरमा बृद्धाश्रममा खाद्यान्न वितरण गरेको छ । फाउन्डेसनले तीन दिवशीय कार्यक्रम अन्तरगत पहिलो दिन बिहीबार हेटौंडा–१५, स्थित दिव्यसेवा निकेतन जेष्ठ नागरिक आश्रय स्थलमा खाद्यान्न वितरण गरेको हो ।

May be an image of 7 people, people smiling and text

फाउन्डेसनका अध्यक्ष रघुनाथ खुलाललको अध्यक्षता एवम् पुर्व राष्ट्रिय सभा सदस्य तथा आश्रमका प्रमुख सल्लाहकार केदार न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । दिवशका अवसरमा फाउन्डेसनले आश्रमलाई ३३ बोरा चामल, ४५ केजी पिठो, २० केजी आलु, २० केजी सुजी, २० केजी नुन, २० केजी चिनी, ५ लिटर तेल, ३ कार्टुन बिस्कुट र हरियो तरकारी ३० केजीलगायतको खाद्यान्न हस्तान्तरण गरेको हो । खाद्यान्न सामाग्री फाउन्डेसनका कोषाध्यक्ष गोकर्ण तिवारीले आश्रमका उपाध्यक्ष शुभलक्ष्मी वाइवालाई हस्तान्तरण गर्नुभएको थियो ।

May be an image of text

कार्यक्रममा बोल्दै प्रमुख अतिथी न्यौपानेले मदन भण्डारी फाउन्डेसनले आश्रमलाई हरेक परिस्थितीमा सहयोग गर्दै आएको बताउनुभयो । सो क्रममा उहाँले बृद्धाश्रममा नागरिक आउनुपर्ने अवस्था हटाउन पर्ने तर, कतिपय अवस्थामा साच्चै बेसहारा भएकाहरूलाई आश्रय दिनुपर्ने बाधयता भएकोले आश्रम सन्चालन गरेको बताउनुभयो ।
कार्यक्रममा मदन भण्डारी फाउन्डेसन मकवानपुरका अध्यक्ष रघुनाथ खुलालले दुई नेता मदन भण्डारी र जीबराज आश्रितले छोडेर गएका अभिभारा पूरा गर्नुपर्ने बताउनुभयो । उहाँले जननेता मदन भण्डारीको बिचार जनतामाझ पुर्याउने लक्ष्यका साथ फाउन्डेसनले काम गरिरहेको भन्दै मदन भण्डारीले अघि सारेको जनताको वहुदलीय जनवाद (जबज) का उद्देश्य साकार पार्न नयाँ ढङ्गले सङ्कल्प गर्ने धारणा राख्नुभयो । समाजसङ जोडीन पनि फाउन्डेसनले यस्ता कार्यक्रम आयोजना गरेको उहाँको भनाई थियो ।

कार्यक्रममा हेटौंडा–१५ का वडाध्यक्ष सुनिल मोक्तानले फाउन्डेसनको यस्तो समाजिक कार्य नरोकिने गरि अगाडि बढाउन शुभकामना दिनुभयो । कार्यक्रममा जिसस पुर्व उपप्रमुख भगवती पुडासैनी, हेटौंडा सिमेन्टका अध्यक्ष नरेन्द्र भण्डारी, आश्रममा संरक्षक सुनिता बाई जी, आश्रमका उपाध्यक्ष बोलबहादुर कार्की, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मकवानपुरका अध्यक्ष अर्जुन ढकाल, फाउन्डेसनका उपाध्यक्ष धर्म बस्नेतलागायतको उपस्थिती थियो । दिवशका अवसरमा स्मृति दिवस अन्तर्गत फाउन्डेसनले भोली जेठ २ गते मकवानपुर बहुमुखी क्याम्पसमा “जनताको बहुदलीय जनवादः राष्ट्र निर्माणको आधार“ विषयमा बहस कार्यक्रम र जेठ ३ गते हेटौडा–९ स्थित दिव्य वाल उद्यानमा श्रद्धाञ्जली सभा आयोजना गर्ने फाउन्डेसनका सचिव कुमार केसीले जानकारी दिनुभयो ।