मकवानपुर । मकवानपुरमा शुक्रबार बिहान इभी गाडी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १४ जना घाईते भएका छन् । जिल्लाको मकवानपुरगढी गाउँपालिका–२ धरमपानीस्थित कान्तिलोकपथ सडकखण्डमा आज बिहान १ः०० बजे यात्रुबाहक ईभी गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा प्र ०१–००६ ख ७०७२ नम्बरको गाडी शुक्रबार १ः०० बजे सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरिक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । गाडीमा चालकसहित १६ जना सवार रहेका मध्ये दुर्घटनामा गम्भीर घाइते रौतहटकी ५० वर्षीया नीलमदेवी राउतको उपचारको क्रममा आज बिहान हेटौँडा अस्पतालमा मृत्यु भएको र सर्लाहीकी १३ वर्षीया मानुसी मगरको शव आज बिहान घटनास्थल नजिकैको खोल्सामा फेला परेको उहाँले जानकारी दिनुभयो ।
दुर्घटनामा रौतहट जिल्ला दुर्गा भवानिपुर–५का ५५ वर्षिय राम प्रकाश राउत, सर्लाहीको बरहथहवा नगरपालिका–८ बस्ने ५२ वर्षिया शिवशंकर राय, निजको श्रीमती ४५ वषिया रिकिदेवी राय, बरहथवा–९, का २७ वर्षय मनोज राय, सर्लाही हरिहरपुर नगरपालिका–१ का २७ वर्षिय नवराज मगर, १५ वर्षिय सृजन मगर, ४० वर्षिया जमुना मगर, १९ वर्षिय सुदिप रिसाल, सर्लाही विष्णुपुर गाउँपािलका–३ मधुवनगोठ बस्ने २७ वर्षिय देवराज कुमार साह, ४२ वर्षिय किसुनव्रर्ती साह, सर्लाहीको बागमती गाउँपालिका–७, का १६ वर्षिय युनिका दर्लामी मगर र महोत्तरीको गौशाला गाउँपालिका–५ बस्ने १६ वर्षिय आदित्य छोरचंगी मगर घाईते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाईते गाडीका चालक सर्लाहीको बागमती गाउँपालिका–५ बस्ने २९ वर्षिय कमल बहादुर दर्लामीको हेटौडा अस्पतालमा प्रहरीको निग्रानीमा उपचार भईरहेको छ । प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका १० जनाको हेटौँडा अस्पताल र अन्यको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।