मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९, स्थित कृष्ण आदर्श (कसीस) स्काउट ट्रुपको दिक्षान्त तथा पदोन्नति समारोह सम्पन्न भएको छ । शुक्रबार बिद्यालयमा एक समारोहकाबीच ट्रुपमा सम्मीलित ३९ जना ब्वाय÷गर्ल स्काउटहरुलाई दिक्षित तथा पदोन्नति गरिएको हो ।

विद्यालयका प्रिन्सिपल तथा कसीस स्काउट ट्रुपका अध्यक्ष नविन केसीको अध्यक्षता एवम् हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष सुकराम केसीको प्रमुख आतिथ्यतामा विद्यालयका ८ ब्वाय र १० गर्ललाई दिक्षित गरिएको थियो । नेपाल स्काउटको युवा कार्यक्रमको पाठ्यक्रमको पाँच वटा विषयमा सहभागि भई उत्तिर्ण भएकाहरुलाई १८ जनालाई दिक्षित एवम् २२ जनालाई पदोन्नति गरिएको थियो । स्काउटको सिप सिकाइ निश्चित तालिम दिएर अवधी सम्पन्न गरेका विद्यार्थीहरुलाई दिक्षित गरिएको हो ।

समारोहमा ट्रुपमा सम्मीलित ब्वाय÷गर्ल स्काउटले २४ ओटा दल सभामा भाग लिइ पहिलो तह सदस्यताको पाठयक्रम पूरा गरेपछि स्काउट मास्टरबाट त्यसको मुल्यांकन गराएपछि असल स्काउट छ भन्ने बिश्वास दिलाएर सदस्यताको दिक्षान्तमा भाग लिन पाउने प्राबधान अन्तर्गत उनिहरुलाई दिक्षान्त समारोहमा स्काप तथा तहगत ब्याचद्धारा दिक्षित गरिएको कसीस स्काउट मास्टर अशोक सारु मगरले बताउनुभयो । यस्तै समारोहमा बिपि पिक ट्रुप र कन्चनजंघा ट्रुप गरि २२ जनालाई तेस्रो र चौथो तहमा पदोन्नति गरिएको उहाँले बताउनुभयो । स्काउटले दीक्षा प्राप्त गरेपछी नेपाल वायज, स्काउट सदस्यता वायज, बिश्व स्काउट वायज शोल्डर वायज र ट्रुपको स्काफ प्राप्त गर्ने प्रावधान रहेको छ ।

कार्यक्रममा प्रमुख अतिथि केसीले परोपकारी सेवा र अनुशासनका कुराहरु सिक्ने हुदा स्काउटका आचारण अवलम्वन गर्नुपर्ने बताउनुभयो । उहाँले बालबालिकाको विकासकालागि वडा कार्यालयबाट हरेक किसिमको सहयोग र समन्वय हुने समेत बताउनुभयो । कार्यक्रममा नेपाल स्काउट हेटौंडा उपमहानगरपालिका स्थानीय स्काउट समिति प्रमुख आयुक्त अनिल आचार्य, राष्ट्रिय सहायक प्रशिक्षक तथा स्काउटर अशोक सारु मगर, नेपाल स्काउट हेटौंडा वित्त आयुक्त सुमित्रा लामा, नेपाल स्काउट बागमतीका प्रमुख शोभा लामिछानेलगयातको सहभागिता थियो ।





















