राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएसँगै अर्थमन्त्री जनार्दन शर्मा पदभारका लागि सिंहदरबार पुगेका छन् । राष्ट्रपति भवन शीतल निवासबाट शर्मा सिधै कार्यभार सम्हाल्न अर्थ मन्त्रालय पुगेका हुन् ।
बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयमा अनावश्यक व्यक्तिलाई प्रवेश गराएर करका दर परिवर्तन गरेको आरोप लागेपछि शर्माले गत असार २२ गते मन्त्री पदबाट राजीनामा दिएका थिए । तर, संसदीय समितिले १७ दिन लगाएर छानबिन गर्दा निर्दोष साबित भएपछि उनी पुनः अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्न पुगेका हुन् ।