मकवानपुर । मकवानपुर प्रहरीले १११ किलो लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।पुर्वपश्चीम राजमार्ग अन्तर्गत हेटौंडा-१५ रातोमाटेबाट लागुऔषध गाँजसहित एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मंगलबार बिहान हेटौंडाबाट बाराको निजगढतर्फ जादै गरेको बा ७ च २५१० नम्बरको पिकअप गाडीमा लुकाईछिपाई लादैँ गरेको अवस्थामा रातोमाटेबाट १ सय ११ किलो लागुऔषध गाजाँसहित पिकअप चालक मकवानपुरको कैलाश गाउँपालिका २ डाडाखर्क बस्ने ३४ बर्षिय रावल स्याङ्बोलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । प्रहरीले नियन्त्रणमा लिइएको स्याङ्बो माथी थप अनुसन्धान भइरहेको जनाएको छ ।