मकवानपुरकाे राक्सिराङ गाउँपालिका–३ सिमलडाँडामा रुखको हाँगाले लागेर एक जनाको ज्यान गएको छ । स्थानीय जङ्गलमा पानीको कुलो खन्ने क्रममा सिमलको रुखको हाँगा भाँचिएर लाग्दा ५२ वर्षीय महादेव प्रजाको ज्यान गएकाे मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिनुभयो । राक्सिराङ–५ ठाडे गाउँमा बस्दै आएका प्रजाको घटनास्थलमै ज्यान गएको हो ।