मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध खैरो हेरोईनसहित २ जनालाई पक्राउ गरेको छ । हेटौँडा–१५, रातोमाटेबाट ८.५५ ग्राम लागुऔषध खैरो हेरोईनसहित २ जनालाई पक्राउ गरेको हो ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत प्रहरीको रातोमाटे चेकपोष्टमा पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको ना ३५ प ५८११ नम्बरको मोटरसाईकललाई रोकेर सुरक्षाजाँच गर्ने क्रममा लागूऔषध खैरो हेरोईनसहित हेटौंडा–१ का २७ वर्षीय सनिप भोम्जन र हेटौँडा–२ का २१ वर्षीय विशाल क्षेत्रीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । भोम्जन र क्षेत्रीलाई मकवानपुर जिल्ला अदालतबाट १५ दिनको म्याद थप गरी अनुसन्धान कार्य अघि बढाइएको प्रहरीले जनाएको छ ।