मकवानपुर । आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि हेटौंडा उपमहानगरपालिका १२ को अध्यक्षकालागी नेकपा एमालेबाट राजेश नगरकोटीले उम्मेदवारी दर्ता गराउनु भएको छ । आइतबार निर्वाचन कार्यालयमा पुगि बखान सिंह घलानको प्रस्तावक र अर्जुन प्रसाद अर्यालको समर्थनमा नगरकोटीले उम्मेदवारी दर्ता गराउनु भएको हो ।
अघिल्लो स्थानीय तह निर्वाचनमा समेत वडाअध्य्क्षमा झिनो अनतरले पराजित नगर्कोटीले यस पटक जित सुनिश्चित रहेको बताउनुभयो । उहाले यस अघिको निर्वाचनमा १३२५ मत प्राप्त गर्नु भएको थियो भने बिजयी हुनु भएका ललित बहादुर घलानले १३७१ मत प्राप्त गर्नु भएको थियो । हेटौंडा( १२ मा महिला ४१७४, पुरुष ३८७८ र अन्य १ जना गरि कुल ८०५३ मतदाता रहेका छन । २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा निर्वाचित वडाअध्यक्ष घलान जिल्ला समन्वय समिति प्रमुखमा निर्वाचित भएपछि यहाँको वडाध्यक्ष पद रिक्त भएको थियो। उम्मेदवारी दर्ता प्रक्रिया जारी रहेको छ ।