मकवानपुर । आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि हेटौंडा उपमहानगरपालिका १२ को अध्यक्षकालागी राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा) ले उम्मेदवारी दर्ता गराएको छ । हेटौंडा–१२ को वडाध्यक्ष पदका लागि आज आइतबार निर्वाचन कार्यालयमा पुगि राप्रपाका प्रेम बहदुर भोलोनले उम्मेदवारी दर्ता गराउनु भएको हो ।
प्रस्तावक तिलक बहादुर जर्घा र हिरामणी चौलागाईंको समर्थकमा वडाध्यक्ष पदका उम्मेदवार भोलनले उम्मेदवारी दर्ता गराउनु भएको हो । अघिल्लो स्थानीय तह निर्वाचनमा यस वडामा राप्रपाका सरन थिङले ५ सय बढी मत प्राप्त गर्नु भएको थियो । २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा निर्वाचित वडाअध्यक्ष ललितबहादुर घलान जिल्ला समन्वय समिति प्रमुखमा निर्वाचित भएपछि यहाँको वडाध्यक्ष पद रिक्त भएको थियो। हेटौंडा( १२ मा महिला ४१७४, पुरुष ३८७८ र अन्नय १ जना गरि कुल ८०५३ मतदाता रहेका छन ।