हेटौंडा÷बागमती प्रदेशकी उद्योग , वाणिज्य , भुमि तथा प्रशासन मन्त्री शुकमाया तामाङ्ले हस्तकला संघका प्रतिनिधिहरुसँग छलफल गर्नुभएको छ । सोमवार मन्त्रालयमा हष्तकला संघका प्रतिनिधिहरुसँग मन्त्री तामाङ्ले छलफल गर्नुभएको हो ।

छलफलका क्रममा मन्त्री तामाङ्ले हस्तकलालाई बागमती प्रदेशमा मात्रै नभई सातै प्रदेशमा जाने खालको वातावरण बनाउन प्रतिनिधिहरुलाई आग्रह गर्नुभयो । उहाँले हष्कलालाई प्रवद्र्धन गर्न आफ्नो प्रमुख उदेश्य रहेको बताउनुहुँदै आईपर्ने कानुनी अड्चन फुकाउने काम गर्ने पनि बताउनुभयो । मन्त्री तामाङ्ले बागमती प्रदेश सभाको बैठकबात ‘प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालन ऐन, २०८०’ विद्येयक पनि पारित गर्ने तयारी भएको बताउनुहुँदै त्यसले पनि थप केहि सहज हुने बताउनुभयो । हस्तकला संघका प्रतिनिधिहरुको हितमा रहेर काम गर्ने बताउँनुहुँदै मन्त्री तामाङ्ले उद्यमीलाई दर्ता प्रकृयामा सहज वातावरण बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

छलफलमा हस्तकला महासंघ बागमती प्रदेशका अध्यक्ष नविन शाक्य , उपाध्यक्ष अवानीश प्रधानाङ्ग , महासचिव मनमोहन सिंह मल्ल , उनिजन्य बस्तु विकास संघकी अध्यक्ष रेखा अर्याल लगायत हस्तकला संघका विभिन्न जिल्लाका अध्यक्षहरुको उपस्थिती रहेको थियो ।