प्रधानमन्त्री केपी शर्मा ओलीले युट्युब शृङ्खला ‘हेर्ने कथा’ को सहयोगमा परिवारसँग पुनर्मिलन भएका प्रकाश तामाङको नागरिकता चाँडो बनाउने गरी सहजीकरण गर्न गृहसचिवलाई निर्देशन दिनुभएको छ ।

गएराति गृहसचिव एकनारायण अर्याललाई बालुवाटार बोलाएर प्रकाशको नागरितकता बनाउन निर्देशन दिएको र केही दिनमै नागरिकता बन्ने प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ । नागरिकता भए प्रकाशको बैंक खाता खोल्न सकिने र सहयोग गर्न चाहनेहरूले सहयोग गर्न मिल्ने भएकाले पनि यो आवश्यकता पूरा गर्नुपर्ने प्रधानमन्त्री ओलीले बताउनुभएको छ ।

तीन दशकअघि गलैँचा बुन्न दिदीसँग झापाबाट काठमाण्डौ आएका प्रकाश तामाङ काठमाण्डौबाट हराएका थिए । गोरखाको चुमभ्यालीमा भेटिएपछि ‘हेर्ने कथा’ ले अहिले भोजपुरमा रहेका प्रकाशका बाबुआमासहित आफन्तसँग पुनर्मिलन गराएको हो ।

https://www.facebook.com/share/p/bbG3HLbUMTiqp3WL/