हेटौंडा । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा शुकदेव काफ्ले नियुक्त हुनु भएको छ । संविधानको धारा १६० उपधारा (२) बमोजिम प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामा तामाङको सिफारिसमा काफ्ले मुख्य न्यायाधिवक्तामा नियुक्त हुनु भएको हो ।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले काफ्लेलाई बामगती प्रदेशको मुख्य न्यायाधिवक्ता पदमा आइतबार नियुक्त गर्नु भएको प्रदेश प्रमुख कार्यालयका सूचना अधिकारी प्रकाश चापागाईंले जानकारी नुभयो ।

दोलखा जिल्लाको तामाकोशी गाउँपालिका वडा नम्बर ३ का काफ्ले २५ वर्षदेखि निरन्तर कानुन व्यवसायीको रूपमा काम गर्दै आउनु भएको छ । नेपाल बार एसोसिएसनको सदस्य रहनु भएका काफ्लेले यसअघि पूर्वकानुन तथा न्यायमन्त्री भीमबहादुर तामाङ र पूर्वमहिला तथा समाज कल्याणमन्त्री लीला कोइरालाको कानुनी सल्लाहकारको रूपमा काम गर्नु भएको थियोो ।