मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा र सुदुर पश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँबीच शिष्टाचार भेटघाट भएको छ । आइतबार भएको भेटमा बागमती प्रदेशका प्रदेश प्रमुख देवकोटालाई सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मियाँले बधाइ तथा सफल कार्यकालको शुभकामना दिनुभएको छ ।
सुदुरपश्चिमका स्थायीवासी देवकोटालाई १४ साउनमा संघीय सरकारको मन्त्री परिषदको बैठकले बागमती प्रदेशका प्रदेश प्रमुखको रुपमा सिफारिस गरेपछि वहाले १७ साउनमा रास्ट्रपतिसमक्ष सपथ लिनुभएको थियो । लगतै १८ साउनमा बागमती प्रदेश कार्यालय हेटौंडामा एक समारोहबीच पदबहाल हुनुभएका देवकोटा आइतबार गृहजिल्ला कैलाली पुग्नुभएको थियो ।
प्रदेश प्रमुख नियुक्त भएपछि पहिलो पटक गृह जिल्ला पुग्नु भएका देवकोटालाई सुदुरपश्चिम प्रदेश प्रमुख कार्यालयका कर्मचारी तथा स्थानीयवासीहरुले समेत बधाइ दिएका थिए । सोही भेटमा प्रदेश प्रमुखहरु बीच दुई प्रदेशको समन्वय र सहकार्य तथा विकासका सन्दर्भमा छलफल समेत भएको थियो ।