मकवानपुर । मदन भण्डारी फाउण्डेसन मकवानपुरले सदस्यता नविकरण गर्न आव्हान गरेको छ । फाउण्डेसनका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा आईतबार बसेको बैठकले फाउण्डेसनको विधान अनुसार सदस्यता प्राप्त गर्नु भएका सम्पूर्ण सदस्यहरुलाई आगामी असोज मसान्तसम्मा सदस्यता नविकरण गर्न आव्हान गर्ने निर्णय गरेको हो ।

बैठकले सम्पूर्ण साधारण सदस्यहरुलाई सदस्यता नविकरण गर्न आव्हान गर्नुका साथै आजिवन सदस्यता लिन प्रोत्साहन गर्ने साथै नयाँ सदस्यताकालागि समेत आव्हान गर्ने निर्णय गरेको फाउण्डेसनका अध्यक्ष खुलालले बताउनुभयो । बैठकले फाउण्डेसनले ७३औं मदन जयन्तीका अवसरमा आयोजना गरेका कार्यक्रमहरु प्रभावकारी भएको भन्दै कार्यक्रम संचालनका लागि सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ ।

बैठकमा गत आर्थिक वर्षमा सञ्चालित अन्य कार्यक्रमहरुको समिक्षा गर्नुका साथै आगामी वर्ष सञ्चालन गर्ने कार्यक्रमको विषयमा कार्ययोजना समेत तयार गरेको उहाँले बताउनुभयो । बैठकले चालु आर्थिक वर्षका लागि फाउण्डेसनको नियमित बैठक प्रत्येक २ महिनामा बस्ने, २०८१ असोज मसान्तसम्म सदस्यता नवीकरण गर्ने, चार्डपर्व केन्द्रित शुभकामना आदानप्रदात कार्यक्रम, देउसी भेलो कार्यक्रम, विचार गोष्ठी, वक्तृत्वकला प्रतियोगिता, स्थानीय तथा प्रदेश सरकारको समन्वयमा विभिन्न तालिम, हाजिरी जवाफ प्रतियोगिता, साहित्यिक कार्यक्रम, श्रीचन्द्र शर्मा स्मृति कार्यक्रम, बृक्षारोपण कार्यक्रम, मदन जयन्ती कार्यक्रम, मदन– आश्रित स्मृति कार्यक्रम, वनभोज कार्यक्रम, रक्तदान कार्यक्रमलगायत मकवानपुर जिल्लाको विकास, संभावना, अवसर र चुनौती जस्ता रचनात्मक कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष खुलालले बताउनुभयो ।
त्यस्तै बैठकले बैठकले यसअघि विभिन्न कार्यक्रम संचालन गर्दा भएका खर्च साथै आर्थिक वर्षको आयव्यय विवरण पारित गर्दै लेखा परिक्षण गर्ने तथा केन्द्रिय कार्यालयमा प्रतिवेदन पेश गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । बैठकमा फाउण्डेसनका उपाध्यक्ष आशाकाजी श्रेष्ठ, सचिव बोलबहादुर कार्की, कोषध्यक्ष चन्द्रावती पनेरु, सहसचिव शिवहरी दाहाल, सदस्यहरु धर्म बस्नेत, सानु लामा, मुकुन्द अधिकारी, कमल कुमार बिक, राधिका चौलागाई, गोकर्ण तिवारीलगायतको सहभागिता थियो ।