मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा मंगलबार १७औं गणतन्त्र दिवश मनाईएको छ । बागमती प्रदेश स्तरीय गणतन्त्र दिवस मुल समारोह समितिको आयोजनामा प्रभातफेरी तथा पुरस्कार वितरण कार्यक्रम गरेर दिवश मनाईएको हो । दिवसका अवसरमा हेटौंडाको भुटन देवी माविको प्राङ्गणबाट निकालिएको र्याली बजार परिक्रमा गर्दै मुख्यमन्त्री कार्यालयमा पुगेर सभामा परिणत भएको थियो ।

No description available.

सभालाई सम्बोधन गर्दै बागमती प्रदेशका प्रदेश प्रमुख यादबचन्द्र शर्माले न्याय र समानताको आधारमा प्राप्त उपलव्धिको संरक्षण–प्रर्वद्घन गर्दै थप उपलव्धीका लागि क्रियाशील रहन जरुरी रहेको बताउनुभयो । प्राप्त उपलव्धीहरुको न्यायोचित वितरण गर्दै समतामुलक एवम् शोषणरहित समाजको निर्माण गर्न जरुरी रहेको बताउनुभयो । प्रदेश प्रमुख शर्माले लामो सङ्घर्षबाट प्राप्त गणतन्त्रको संस्थागत विकास गर्नु सबैको दायित्व भएको बताउनुभयो । उहाँले नागरिकको जीवनमा परिवर्तन ल्याउने काम गर्नु अहिलेको दायित्व भएको भन्दै गणतन्त्रलाई विफल बनाउने प्रयास सफल नहुने बताउनुभयो ।

No description available.

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गणतन्त्र स्थापनाको सबैको योगदान रहेको चर्चा गर्दै अब सामाजिक न्यायका लागि काम गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठ र प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले बोल्नुभएको थियो । विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

No description available.