मकवानपुर । मदन भण्डारी फाउण्डेसन मकवानपुरद्धारा मदन–आश्रृत स्मृति दिवसका अवसरमा आयोजित पुरुष खुल्ला दौड प्रतियोगितामा दिनेश कुमार यादवले प्रथम स्थान हासिल गरेका छन् । स्व. भण्डारी र आश्रितको ३१औँ स्मृति दिवसको अवसरमा आयोजित ५ किलो मिटर पुरुष खुल्ला दौड प्रतियोगितामा यादवले निर्धारित दुरी १६ मिनेट १० सेकेन्डमा पार गर्दै प्रथम हुन सफल हुनु भएकाे हाे ।

No description available.

मंगलबार हेटौंडाको बुद्धचोकमा आयोजित प्रतियोगितामा १६ मिनेट १३.१७ सेकेन्डमा निर्धारित दुरी पार गर्दै आनन्द योगि दोस्रो र १७ मिनेट ३०.६५ सेकेन्डमा निर्धारित दुरी पार गरेका राजकुमार गोले तेस्रो हुन सफ भए । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुन सफल उनिहरुलाई जनही नगद १० हजार, ७ हजार र ५ हजारसहित मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।

No description available.

प्रतियोगितामा क्रमश बिशाल तितुङ, सुजित मगर, एडिसन राना, शेरबहादुर कटुवाल, सुमन गाईने, नरेश दहित र माधव चौधरी चौथो देखि १०औं स्थानमा रहे । ४५ जनाको सहभागिता रहेको प्रतियोगितामा पहिलो १० हुने खेलाडिलाई प्रमाणपत्र प्रदान गरिएको मदन भण्डारी फाउण्डेसन मकवानपुरका अध्यक्ष रघुनाथ खुलालले जानकारी दिनुभयो । खेलाडीहरुलाई बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल, भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, हेटौंडा–४ का वडा अध्यक्ष नवीन सिग्देल, १० का अध्यक्ष फुर्वा दोर्जे लामा, पुर्व धावक बैकुन्ठ मानन्धरलगायतले पुरस्कार तथा मेडल र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

No description available.
No description available.

फाउण्डेसनले हरेक वर्ष झै यो वर्ष पनि विभिन्न कार्यक्रम गरेर तीन दिवसीय मदन आश्रित स्मृति मनाउने क्रमममा पहिलो दिन ५ किलाे मिटर पुरुष खुल्ला दौड प्रतियोगिता आयाेजना गरेकाे फाउन्डेसन मकवानपुरका अध्यक्ष रघुनाथ खुलालले बताउनुभयो ।  स्मृति दिवशकै सन्दर्भमा फाउन्डेसनले जेठ २ गते भाेली हेटौंडा नगरपालिका स्तरिय अन्तर मावि हाजिरिजवाफ प्रतियोगिता गर्ने भएकाे छ । भने, जेठ ३ गते श्रद्धञ्जली सभाको कार्यक्रम गर्ने कार्यक्रम रहेकाे छ । तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुंगामा जीप दुर्घटनामा परी मृत्यु भएको थियो । मदन आश्रितको स्मृतिमा जेठ ३ गते विभिन्न कार्यक्रम गरी स्मृति दिवस मनाउने गरिन्छ ।

No description available.
No description available.
No description available.