प्रतीकात्मक तस्बिर

मकवानपुर । मकवानपुरकाे थाहा नगरपालिका–९, ठुलोचौरस्थित चित्लाङ थानकोट सडकखण्डमा लोडर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार दिउँसो सडक डिभिजन कार्यालय काठमाण्डौको आरडि १०१– ०३८ नम्बरको लोडर पल्टिदा लोडरको हेल्पर नुवाकोटको लिखु गाउँपालिका–६ का २८ वर्षिय सागर भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सडक मर्मतको काम गर्ने क्रममा लोडल पल्टिदा उनको च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृतक भण्डारीको सब पोष्ट मार्टमका लागि टिचिङ अस्पताल काठमाण्डौ पठाएको र लोडर र लोडर चालक प्रहरी नियन्त्रणामा रहेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।