मकवानपुर । मकवानपुरमा १३० किलो १५० ग्राम लागुऔषध गाँजासहित ७ जना पक्राउ परेका छन् । नेपाली सेनाले मकवानपुरको मनहरी गाउँपालिका–४, माथिल्लो मसिनेबाट उक्त परिमाणको लागुऔषध गाँजासहित बुधबार बिहान ७ जनालाई पक्राउ गरेको हो ।
बुधबार बिहान पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती सामुदायिक वन क्षेत्रमा खटिएको पर्सा राष्ट्रिय निकुञ्जका कर्मचारी र निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीले लागूऔषध गाँजा बोकी पैदल हिँडिरहेका उनीहरुको साथबाट १३० किलो १५० ग्राम लागुऔषध गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पक्राउ पर्नेमा कैलाश गाउँपालिका–४ बस्ने बर्ष २८ का बम बहादुर चेपाङ, बर्ष २७ का विरमान प्रजा र बर्ष २७ कै हरि कुमार प्रजा, राक्सिराङ गाउँपालिका–७ बस्ने बर्ष १९ का टिकाराम प्रजा, मनहरी गाउँपालिका–५ बस्ने बर्ष ३६ का दिपक थापा मगर, वडा नम्बर ३ बस्ने वर्ष ४४ का रामहरी लुईटेल र एक जना नाबालक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक एवं प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । लागुऔषध गाँजासहित पक्राउ परेकाहरु बिरुद्ध थप अनुसन्धान भईरहेको उहाँले बताउनुभयो ।